काठमाडौं । पछिल्लो समय बलात्कार अभियोयमा बरिष्ठ नेता देखी बिद्यार्थी नेता पक्राउ पर्दै आएका छन् । गत महिना मात्र बलात्कार जस्तो जघन्य अपराधमा सभामुख जस्ता गरिमा पदमा रहेका निबर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परी कारागार चलान भए ।
त्यस्तै बिद्यार्थी नेता ईन्द्रहाङ राई पनी कारागार चलान भए । नेता मात्र होईन धार्मीक गुरु हरु पनि पक्राउ बलात्कार आरोपमा पक्राउ पर्न थालेका छन् । गत मंगलवार गुरु कुष्णबहादुर गिरी प्रहरी अनुसन्धानको दायरामा छन् । यस्तै आज एक पत्रकार पनि बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
अर्घाखाँची घर भई गुल्मी बस्दै आएका पत्रकार बलात्कार प्रयासको आरोपमा पक्राउ परेका हुन । प्रहरीका अनुसार पत्रकार शिव सुवेदी बलात्कार प्रयासको आरोपमा पक्राउ परेका हुन । सुबेदीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार पक्राउ गरेको जना एको छ ।
आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै बुटवलकी १६ वर्षीया एक युवतीको किटानी जाहेरी परेपछि सुबेदीलाई प्रहरीले नियन्त्रमा लिएको हो । तर सुबेदीको मुद्दा फितलो पार्न केही भैरवाका दलाल मार्फत प्रहरीले सुबेदी आफै हाजिर हुन आएको देखाउन खोजेको छ ।
केही आर्थीकको चलखेल पछि प्रहरीले सुबेदी निबेदनसहित हाजिर भएको मिशिल तयार गर्ने तयारी गरेको छ । अदालतलाई भ्रम छर्न सुबेदीका सहयोगीको डिजाईनमा यो शैली अपनाएको हो । जघन्य अपराघमा संगल्न व्यक्ति कोही पनि प्रहरीकोमा हाजिर हुन आउँदैन भन्ने मनसाय अदालतमा पुष्टि गर्न यो शैली अपनाएको हुन सक्ने कानुन बिज्ञ बताउँछन् ।
सुबेदीलाई उनमुक्ति दिलाउन केही प्रहरी र स्थानिय नेता र पत्रकारका नाममा दलाल गर्नेको झुण्ड लागेको स्रोत बताउँछ ।
जिल्ला अदालत रुपन्देहीबाट ४ दिनको म्याद लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
उनका अनुसार किटानी जाहेरीमा उक्त घटनामा रिया बस्नेतलगायतको पनि संलग्नता रहेको जिकिर गरिएको छ। प्रहरीले उनीहरुलाई पनि खोजी गरिरहेको छ।
यस्तो थियो घटना
दुई साता आगाडी लुम्बिनीमा तीन दिने न्यूज फेस्टिभल आयोजना भएको थियो। काठमाडौंसहित विभिन्न जिल्लाका पत्रकारहरु कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रमको पहिलो दिन नै गुल्मी घर भई बुटवलमा पत्रकारिता गरिरहेकी रिया बस्नेतले बुटवलको स्थानीय एफएममा काम गर्ने १६ वर्षीया एक युवतीलाई साथमा ल्याएकी थिइन्।
ती युवतीका अनुसार देशभरका पत्रकारहरुसँग भेटघाट हुने भन्दै रियाले उनलाई ल्याएर लुम्बिनीकै एक होटलमा राखेकी थिइन्।
नेपाल समयसँग कुराकानी गर्दै पीडित युवतीले भनिन्, ‘गोर्खाली युवा सशक्तीकरण संस्थामा रिया दिदीसँग चिनजान भएको थियो। उहाँले लुम्बिनीमा ठूल्ठूला पत्रकारहरुसँग भेटाइदिने भन्दै लिएर आउनु भयो। साँझ होटलमा रिया दिदी, प्रकाश न्यौपाने, शिव सुवेदी र म बसेका थियौं। उहाँहरु रक्सी खाँदै हुनुहुन्थ्यो। एक छिनमा दिदी बाहिर निस्किनु भयो।
केहीबेरमा प्रकाश र शिव पनि गए। तर बाहिरबाट ढोका लगाए। एकछिनमा शिव सुवेदी फेरि फर्केर आए। आउनेबित्तिकै मलाई जबरजस्ती गर्न खोजे। मैले रिया दिदीलाई पनि फोन गरेँ, उहाँले आफू कार्यक्रम स्थलमा भएकोले आउन नमिल्ने भन्नु भयो। मैले गुहार मागेँ तर कोही आएन।’ जबरजस्ती गर्न थालेपछि झ्यालबाट हामफालेर बाहिर निस्केको उनले बताइन्।
उनले ११ मंसिरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता गराएकी थिइन्। घटना मिलाउन दबाब आएको पीडितका बुवाले बताए। ‘यहाँका वडाध्यक्ष र केही नेताहरुले दबाब दिएका छन्। पैसा लिएर पनि घटना मिलाउन भन्दैछन्,’ उनले भने।
आफ्नो प्रतिकृया दिनुहोस्