मकवानपुर । हेटौडा उपमहानगरपालिकाबाट अवैध सामान चोरी गर्ने व्यक्ति पक्राउ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुर मातहत वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नंम्बर ८ बस्ने २३ वर्षीय विशाल लामालाई गत सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हेटौडा उपमहानगरपालिका वडा नंम्बर-८ स्थित खहरे खोलामा शंकास्पद रूपमा कार्टुन बोकी हिँडिरहेको लामालाई चेकजाँच तथा सोधपुछ गर्ने क्रममा उक्त कार्टुनमा
रहेको सामानहरू चोरीको रहेको र मिति २०७६/०८/०७ गते जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं-८ स्थित विशाल अधिकारीको घरबाट चोरी गरेको सामान रहेको अनुसन्धानबाट खुल्न आएकोले लामालाई पक्राउ गरेको हो ।
चोरी भएको सामानहरूमा १ थान राउटर, १ थान नेटवर्क भिडियो रेकर्डर, ३ थान सिसि क्यामरा, २ थान हार्ड डिस्क, १ थान वाइफाइ वायर, थान १ मोटरसाइकलको कार्बोरेटर, ८ थान चार्जर र थान १ लिभगार्ड ब्याट्रि रहेको र उक्त सामानहरुको बजार मुल्य र- ५०,९०० बराबर रहने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्