पर्सा । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको परिसरभित्र प्रभु हस्पिटल र माट्रिका आई फाउण्डेशनको सहयोगमा संचालित प्राथमिक उपचार कक्षको सोमबार बिहान उद्घाटन भएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपलिकाका प्रमुखर बिजय सरावगी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर र प्रभु हस्पिटलका संचालक डा।मनोज गुप्ताले संयुक्त रुपमा उद्घाटन गरे ।
कार्यक्रममा माट्रिका आई फाउण्डेशनका मेडिकल संयोजक महेश सिहं धामी, प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, पत्रकार, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्