धरान । नेपाली कांग्रेसका तिलक राई धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।
राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरे । तिलकले २६ हजार ७०९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९१४ मत पाए । धरानमा कांग्रेसको यो पहिलो जित हो ।
२०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।
विजयी तिलक राईलाई नेकपाका पराजित उम्मेदवार प्रकाश राईले बधाइ दिएका छन् । धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को अध्यक्षमा भने नेकपाका जीवन सुवेदी एक मतले विजयी भएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्