मोरङ । बाल सुधार गृह बिराटनगरबाट मंसिर ९ गते भागी फरार रहेका ज्यान मार्ने उद्योगमुद्दाका प्रतिवादीहरु पक्राउ परेका छन् ।
१७ वर्षीय किशोर तथा जवर्जस्ती करणी मुद्दाका प्रतिवादी १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
उक्त प्रहरी टोलीले १८ वर्षीय किशोरलाई सुन्दरहरैचा नगरपालिका(७ गोठगाँउबाट शुक्रबार र १७ वर्षीय किशोरलाई झापा, बिर्तामोड नगरपालिका-१ बाट शनिबार पक्राउ गरेको
हो ।
१८ वर्षीय किशोरलाई जिल्ला अदालतको २०७६ असार ५ गतेको आदेशले पुर्पक्षको लागि बाल सुधार गृहमा बस्दै आएका थिए भने १७ वर्षीय किशोर जिल्ला अदालत झापाको
आदेशले २०७६ श्रावण १७ गतेदेखि उक्त बाल सुधार गृहमा रहँदै आएका थिए ।
बाल सुधार गृहमा रहेका दुवै प्रतिवादीहरू फरार भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक राजकुमार खिउजूको संयोजकत्वमा छानवीन समिति गठन भई अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्