काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट किलो सुन सहित चिनियाँ नागरिक पक्राउ ।
शुक्रबार राति राहदानी नम्बर ईआई ७९९७८८२ वाहक २२ वर्षीय चिनियाँ नागरिक SA LUTUI पक्राउ परेका छन् ।
प्रहरीका अनुसार तिब्बत एयरको उडानद्धारा चीनबाट काठमाडौं आउदै गरेका भन्सार कार्यालय र प्रहरीको संयुक्त टोलीले आगमन कक्षको भन्सार वाकथ्रु गेटमा जाँच गर्ने क्रममा शरीरमा
शंकास्पद बस्तु रहेको मेटल डिडेक्टरले संकेत गरेपछि नियन्त्रणमा लिएर केएमसी सिनामंगल लगि एक्सरे गर्दा मलद्वारभित्र ४ वटा टुक्रामा लुकाइ ल्याएको उक्त परिमाणको सुन निकालिएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्