कन्चनपुरबाट दैनिक रुपमा प्रकासन हुने दैनिक अखबार मानसखण्डका सम्पादक खेम भण्डारी विरुद्द फेरी अर्को निवेदन दर्ता भएको छ ।
निर्मला पन्तको बलात्कार र हत्या काण्डका विषयमा जथाभावी समाचार मार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुस विष्टले जिल्ला अदालत कन्चनपुरमा निवेदन गराएका हुन ।
कन्चनपुर जिल्ला अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार विष्टले दिएको निवेदनमा खेम भण्डारी सम्पादक रहेको मानसखण्ड पत्रिकामा आफ्नो चरित्र हत्या हुने गरि समाचार प्रकासित गरिएको र त्यसले आफ्नो करिअरमा समेत धक्का परेको ब्यहोरा जनाउदै आवश्यक कारवाहिको माग गरेर फिरादपत्र दर्ता गराएका हुन् ।
यसअघि समेत भण्डारीलाई निर्मला हत्याको अनुसन्धान प्रभावित पार्ने खालका समाचार लेखेको भन्दै एक घण्टा कैद सजाए र एक रुपैया जरिवाना गरिएको थियो सो सजाए उनले भोगीसकेका छन् । भण्डारी विरुद्द कन्चनपुरका तत्कालिन एसपीका छोरा किरण विष्ट र बम दिदि बहिनिले समेत चरित्र हत्याको निवेदन जिल्ला अदालतमा विवेदन हालेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्