पोखरा । पोखराबाट ठूलो परिमाणको लागूऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले भारतको मुजापुर घर भई पोखरा– ५, मालेपाटन बस्दै आएका आकाश कुमारलाई ३६० एम्पुल लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका आकाशले लागूऔषध ओसारपोसार गर्छन् भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो पोखराका इन्चार्ज इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर रावतसहितको टोलीले उनीमाथि निगरानी राखी पक्राउ गरेको हो ।
उनको साथबाट मिठाईको प्याकमा लुकाई राखेको १२० एम्पुल बुर्फिनर्फिम, डाइजेपाम १२० एम्पुल र फेनरागन १२० एम्पुल बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले बताएको छ । उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्