कञ्चनपुर । कञ्चनपुरमा आफ्नै पत्नि हत्याको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बेलौरीले कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका ६ खैराना घर भएका सरकारी शिक्षक मोहन सिह ऐरीलाई पत्नि हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।
ऐरीकी श्रीमती सरस्वती ऐरीको विशालु पदार्थ सेवन गरेको कारण मृत्यु भएपछि माइती पक्षले शिक्षक ऐरीलाई हत्याको आरोप लगाएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
मृतक सरस्वतीका बाबु शेर सिह बोहराले ज्वाँईविरुद्ध दिएको किटानीका आधारमा पक्राउ गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । । ‘उनकै ससुराले दुरुत्साहन सम्बन्धीको मुद्दामा ऐरविरुद्ध किटानी दिएका छन्, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘अनुसन्धानका लागि शिक्षकलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेका छौँ ।’ सरस्वतीलाई श्रीमानले आत्महत्या गर्न बाध्य पारेको भन्दै किटानी परेको प्रहरीले जनाएको छ ।
बेलौरी घर भएका शिक्षक ऐर कैलालीको कालिका माध्यामिक विद्यालय कैलालीमा अध्यापन गराउँदै आएका थिए ।
आफ्नो प्रतिकृया दिनुहोस्