काठमाडौँ । सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलीसम्म रकम फिर्ता नगरे कारवाही प्रक्रीया अगाडी बढाउने भएको छ ।
गृहमन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत उपस्थित आजको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क भोलीसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो ।
यसअघि गत असोज र कात्तिकमा गृहमन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्री लगायतका पदाधिकारीहरु सहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसिमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । सरकारले दिएको १५ दिनको समयसिमा भोली सकिदैँछ ।
गतवर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेज विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्