काठमाडौं । नेपाल प्रहरीका डिएसपी नवराज थापा र इन्सपेक्टर मुरारी मिश्र सहित यातायातका ३८ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
लाइसेन्सको ट्रायल परीक्षामा फेला भएका १२ सय ८४ जनालाई पास गराउन मोटो रकम लिएको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
परीक्षा समितिको निर्णयमा समेत फेल लेखिसकेको नतिजालाई अन्यथा हुन गएको र ट्रायलमा फेला भएकाहरुलाई पास गरेको भन्दै दस्तखत गरी नतिजा फेरबदल गरिएको अख्तियारले जनाएको छ।
तत्कालीन इन्सपेक्टर तथा हालका डिएसपी थापाविरुद्ध २४ हजार ९ सय बिगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको हो। इन्सपेक्टर मिश्रविरुद्ध २४ हजार ३ सय बिगो कायम गर्दै मुद्दा दायर भएको छ। उनीहरुसँगै यातायात कार्यालयका ३८ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।
आफ्नो प्रतिकृया दिनुहोस्