काठमाडौं । काठमाडौंको रातोपुलबाट सरकारी छपा र शाखा अधिकृतको दस्तखत किर्ते गरेको मुद्दामा फरार अभियुक्त पक्राउ परेको छ ।
पक्राउ पर्नेमा चितवन जिल्ला कल्याणपुर गाविस वडा नं छ घर भएका हाल काठमाडौंको माछापोखरी बस्ने २६ वर्षीय छविलाल तामाङ रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
अभियुक्त तामाङले यातायात व्यवस्था कार्यालय विरगञ्जको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाईकल नम्बर र ब्लुबुक समेत नक्कली बनाएकोले पक्राउ गरेको प्रहरी उपरिक्षक वेल बहादुर पण्डेले जनाएको छ । ।
आफ्नो प्रतिकृया दिनुहोस्