काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै गृह मन्त्रालयले उपनिर्वाचन हुने सबै जिल्लाका सबै नागरिकलाई समयमै नजिकको प्रहरी चौकीमा हतियार बुझाउन आग्रह गरेको छ।
मन्त्रालयले सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १० गतेभित्र हतियार बुझाउन अनुरोध गरेको हो। सूचनामा ‘हातहतियार खरखजाना ऐन २०१९’ को दफा ८ अनुसार सम्बन्धित जिल्लाका व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरूपमा बुझाउन भनिएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्