नेपालगंज । नेपालगंज उपमहानगरपालिकाबाट अवैध लागुऔषध ९ ग्राम ब्राउनसुगर र ७० हजार नगत रुपैया सहित जिल्ला प्रहरी कार्यलय बाँकेले पक्रउ गरेको छ ।
पक्रउ पर्नेमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका घर भएका २५ वर्षीय सुमित बोहोरा रहेको जिल्ला प्रहरी कार्यलय बाकेँ ले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भे ७ प १४८१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरका चालक बोहरालाई लागूऔषध र नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय बाकेँले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्