निर्माण व्यवसायीहरुसँग धम्काउदै फिरौती रकम उठाएकाे अभियोगमा संलग्न अभियोगमा प्रहरीले गृहमन्त्री रामबहादुर थापाका भाइसहित ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गृह मन्त्रीका भाइ नरेश थापा, काठमाडौं रानीवनका सुरन नगरकोटी, स्युचाटारका पवन खड्का, काठमाडौं भेडासिंहका सैलेश प्रजापति, नागार्जुनका विनोद लामा, मनबहादुर पुन मगर र प्रहरी जवान वीरबल भट्टराई छन् । भट्टराई कारागारभित्रै कार्यरत प्रहरी जवान हुन् ।
दुई वर्षअघि २३ असोज २०७४ मा आफूले मागेको साढे २ करोड रकम नदिएको भन्दै समीरको निर्देशनमा गौचनको हत्या भएको थियो । त्यही समय समीर र अर्का डन रमेश समूहले निर्माण व्यवसायीमाथि ज्यान मार्ने धम्की दिएर मोटो रकम असुल्दै आएका थिए ।
सोही शैलीमा समीरको निर्देशनमा गृृहन्त्रीका भाइसहितको टोलीले व्यवसायीलाई धम्क्याउँदै रकम असुल्दै आएका थिए । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराेले पक्राउ गरेको हो ।
प्रहरी स्राेतका अनुसार समीरमान सिंह बस्नेतलाई भेट्न गृहमन्त्रीका भाइ नरेश थापा जेलभित्रै जाने गरेका थिए ।
संगठित अपराधमा मुद्दा
प्रहरीले पक्राउ गरेका ८ जना विरुद्ध सीआईबीले संगठित अपराधमा मुद्दा दर्ता गरेको छ । विभिन्न मितिमा पक्राउ गरेका अभियुक्तलाई प्रहरीले बुधबार अदालत पेस गरेको हो ।
पक्राउ परेका मध्ये दुई जनाको मात्र अदालतमा वयान सकिएको छ । सरकारी वकिल कार्यालयले उनीहरु माथि संगठित अपराध र आपराधिक लाभ लिन खोजको अभियोगपत्र दर्ता गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्