काठमाडौँ। बच्चाको ड्राइपरमा सुन लुकाएर ल्याएको सुनसहित प्रहरीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट तीन जनालाई पक्राउ गरेको छ। बैदेशिक रोजगारीमा कतारमा कार्यरत मोरङ्ग कानेपोखरीका लिलाबहादुर बस्नेत सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिषर टेकुका प्रबक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उक्त सुन कतार बस्दै आएका राम बस्नेतको भएको लिलाबहदुरले प्रारम्भिक बयान दिएका छन्। प्रहरीका अनुसार राम बस्नेतले घरमा स्याम्फु लगिदिनु भन्दै सुन लुकाइएको कपडा पठाएका थिए। त्यहि सामान लिन आउने २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। यस घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानेको छ।
आफ्नो प्रतिकृया दिनुहोस्