काठमाडौं । पछिल्लो समय राजधानीमा जुवा खेल्ने र खेलाउने समूह सक्रिय छ । प्रहरीले जुवा अखडामा छापा मार्न थालेपछि केही गिरोहले पिकनिक लैजाने बहानामा डाँडा पाखामा समेत जुवा खेलाउन थालेको खुलेको छ ।
काभ्रे तिमालका सोम लामाले गत साता पिकनिकको नाममा काठमाडौंको मुड्कु भन्ज्याङमा जुवा खेलाउँदै गर्दा १९ लाख रुपैंया सहित पाँच जनालाई बालाजु प्रहरीले पक्राउ गरेको थियो । लामा भने फरार भए ।
जुवा किङ भनिने सोम लामा
पछिल्लो समय लामाको समूहले पिकनिकको नाममा जुवा खेलाउँदै सर्वसाधारणको घरबास उठाउँदै आएको स्रोतको दाबी छ । गत महिना लामाको समूहले कपनका केदार भट्टराईको ११ आना जग्गा जुवा खेलेर नै पास गरेका थिए । सो जग्गा गोंगबुमा रहेको हाम्रो बहुउद्देश्य सहकारी संस्थामा राखेर लामाले ६० लाख ऋण निकालेका छन् ।
यो त एक उदाहरण मात्र हो ।
स्रोतले भन्यो,‘लामाको समूहले एक दर्जन बढीलाई सेटिङमा जुवा खेलाएर लुटपाट समेत गरेको छ ।’ गत साता मुड्कु भन्ज्याङमा प्रहरीले पक्राउ गर्नु अघिल्लो दिन सूरज तंडुकार भन्ने एक जुवाडेलाई पैसा जितेर निस्कन लाग्दा लामाको समूहले बन्दुक निकाली निधारमै ठोक्छु भन्दै धम्क्याएको सूचना अपराध महाशाखामा समेत पुगेको थियो ।
स्रोतका अनुसार यो समूहले अबैध हतियार समेत राख्ने गरेको छ । जुवाडेलाई कंगाल बनाउन यो समूहले राजधानीका एक दर्जन जुवा खेल्ने अखडामा तामा बिछ्याएर राख्ने गरेको स्रोत बताउँछ ।
रिमोट चलाउने भनिएका कुमार लामा
बालाजुस्थित रमेश भण्डारीको घरमा समेत तामा गाडेर राखेको एक जुवाडेले बताएका छन् । तामा गाडेको ठाउँमा जुवा खेल्दा जुन दाउ हान्यो त्यहि लाग्ने विश्वास आफूलाई ‘जुवाको किङ’ बताउँने सोम लामालाई छ ।
स्रोत भन्छ,‘तामामा रिमोट समेत फिट गरेको हुन्छ । सो रिमोट गुरु भन्ने कुमार लामाले चलाउँदै आएका छन् । लामाले अहिले काठमाडौंमा करोडौं रुपैंयाको घर समेत किनीसकेका छन् ।’
केही प्रहरी अधिकृतको नाम बेच्दै सोम लामाले जुवाडेलाई धम्क्याउने समेत गरेका छन् । प्रहरीका हाकिम र पत्रकार सबैलाई मिलाएको छु भन्दै लामाले राजधानीमा खुलम खुल्ला जुवा खेलाउँदै आएको स्रोतले जनाएको छ । दैनिक नेपाल डट कम बाट।
आफ्नो प्रतिकृया दिनुहोस्