चितवन। नेपाल प्रहरी श्रीमती संघ र आसरा सुधार केन्द्र, रानीबारीको संयुक्त तत्वावधान उक्त कार्यक्रम सम्पन्न भएको हो । समुदाय-प्रहरी साझेदारी अन्तर्गत चितवनको नारायणी नमुना माविमा जनचेतनामुलक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालले समुदाय-प्रहरी
साझेदारी कार्यक्रमलाई केन्द्रदेखि टोलसम्म क्रियाशिल र जनकेन्द्रित बनाउने नेपाल प्रहरी श्रीमती संघको अभिष्ट रहेको उल्लेख गर्दै सामाजिक संजालको दुरुपयोगबाट हुने विद्युतिय अपराध नियन्त्रण, सडक दुर्घटना न्युनिकरणका उपाय, मानव बेचबिखन लगायतबाट बच्न सचेत रहनुपर्ने बताउनुभयो ।
उहाँले समाजमा अत्यन्त विकराल रुपमा फैंलिदै गएको लागूपदार्थ दुर्व्यसनीबाट युवावर्ग प्रभावित भएको चर्चा गर्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष खनालले लागूपदार्थका कुलतमा फसेका राष्ट्रका कर्णधार युवावर्गलाई उपचार गराई समाजमा पुन:स्थापना गराउने उद्धेश्यका साथ आसरा सुधार केन्द्र, रानीबारी काठमाडौं स्थापना भई सेवा पुर्याउँदै आएको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनकी प्रमुख मिना खरेलले
समेत समुदाय-प्रहरी साझेदारी कार्यक्रमको महत्वबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।प्रहरी उपरीक्षक दान बहादुर मल्लले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा लागूऔषध दुर्व्यसनी, लैङिगक हिंसा, घरेलु हिंसा, मानब वेचबिखन लगायतका विषयमा प्रहरी निरीक्षक पुर्णीमा चन्दले प्रस्तुतीकरण गर्नुभएको थियो ।
सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, प्रहरी अधिकृतहरु,
विद्यार्थीहरु लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।गत जेठ १३ गते झापाको धुलावारी, जेठ १४ गते इटहरीको दुर्गा पाट्री प्यालेस, १५ गते बर्दिबास सेवा समितिको हल र १६ गते बाराको सिमरा समेत संचालन भएको उक्त जनचेतनामुलक कार्यक्रम बुटवल हुँदै बाँकेको कोहलपुरसम्म नेपाल प्रहरी श्रीमती संघले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्