मकवानपुर। कैलाश गाउँपालिका– २ बैकुण्ठमा बुधबार राति हावा हुरीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चट्याङ लागेर बैकुण्ठकी ६५ वर्षीया साइलीमाया मोक्तानको ज्यान गएको हो।
यस्तै चट्याङ लागेर ३९ वर्षीय विनामाया मोक्तान र ७० वर्षीय डोल्मा बल गम्भीर घाइते भएका छन् । उनीहरुको डाँडाखर्क स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्