सिरहा। २०७५ साल असार ११ गते सुनिल कुमार राउतले संचालन गरेको शिवम् मनि ट्रान्सफरको लागि ग्लोबल आई.एम.ई. बैंक कल्याणपुर सिरहा बाट झिकेर ल्याउँदै गरेको ११ लाख ३९ हजार लुटियो। दुई वटा मोटरसाईकलमा आएका लुटेराको समुहले हतियार देखाएर लुटपाट गरेका थिए। सो घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार लुटेराको समुहले लुटपाटपछि बाईकको चाबी खोसेर तेलको पाईप समेत काटेर भागेका थिए।
२०७५ साल साउन २४ गते सोहि प्रकृतिको घटना घट्यो। कल्याणपुरकै राजारानी मनि ट्रान्सफर को लागि ग्लोबल आई एम ई बैंक बाट झिकेर ल्याउँदै गरेको २५ लाख ६० हाजर लुटपाट भयो। घटना एकै प्रकृतिको थियो। प्रहरीको तिब्र खोजीमा थिए लुटपाटका नाइके रबिन्द्र यादव। प्रहरीको आँखा छलेर लुक्दै आएका रबिन्द्र यादव लाई २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यलय बाट संयुक्त रुपमा खटिएको टोलीले आज पक्राउ गरेको छ। सिरहा जिल्ला मिर्चैया -११ पिपरा बस्ने २५ बर्षीय रामेश्वर यादव यसअघीनै डाँका मुद्दामा फरार थिए।
पछिल्लो समय यादव गुण्डागर्दीमा समेत सक्रिय रहँदै आएका थिए। प्रदेश नम्बर २ का केहि ब्यापारीलाई समेत धम्कि दिँदै आएका थिए। लागुऔषधका कारोबारी समेत रहेका यादवको साथबाट प्रहरीले २४५ पिस नाइट्रोभेट,३८ पिस नाइट्रोसस र ४८ पिस स्पास समेत बरामद गरेको छ। उनलाई आज सिरहा नगरपालिका वडा नं. १७ खैरटोकाबाट पक्राउ गरिएको थियो।
यसअघी सोहि केसमा पक्राउ परेका महेश कुमार यादव ,रंजित यादव र कमलेश मण्डललाई जिल्ला अदालत सिरहाको भदौ २८ गतेको आदेश अनुसार पूर्पक्षका लागि जेल चलान भएका थिए।
आफ्नो प्रतिकृया दिनुहोस्