काठमाडौं। महानगरीय अपराध महाशाखाले कुनै पनि कागजत तथा रेकर्ड नराखी सिमकार्डको दुरुपयोग गरि बिक्री वितरण गर्ने दुईजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखा का प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक धिरज प्रताप सिंहका अनुसार पक्राउ पर्नेमा दोलखा वैतेश्वर घर भई काठमाडौं बालाजु बस्ने ४६ वर्षीय दिलबहादुर खत्री र २० वर्षीय राजकुमार दाहाल रहेका छन् ।
उनीहरुले ग्राहकको कुनै कागजपत्र नै नराखी सिमकार्ड वितरण गर्दै आएका थिए । ग्राहकको कुनै कागजपत्र नै नराखी सिमकार्ड वितरण गरेको गुनासो आएपछि अपराध घट्न नदिन खत्री र दाहाललाई पक्राउ गरी कारवाही थालिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिहंले वताए ।
उनीहरुले सन्चालन गरेको पसलबाट प्रहरीले केही थान सिमकार्ड समेत बरामद् गरेको छ। ग्राहकको कुनै कागजपत्र नै नराखी सिमकार्ड वितरण गर्दा सिमकार्डबाट अपराध बढ्नसक्ने र अपराधीलाई फाइदा पुग्ने एसएसपी सिहं वताउंछन् । उनीहरुलाई दुरसञ्चार ऐन,२०५३ अर्न्तगत कारबाही प्रक्रिया अगाडी बढाइएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्