काठमाडौं– पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको गाडी चालकलाई कारबाही गरिएको छ।
शुक्रबार बानेश्वरबाट बबरमहलतिर जाने क्रममा सशस्त्र प्रहरीको बा १ झ ९५२७ नम्बरको भ्यानले स्कुटरलाई ठक्कर दिएर भागेको थियो। ठक्करका कारण स्कुटर सडकमै पछारिएको थियो।
ठक्कर दिएर भागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछी महानगरीय ट्राफिक महाशाखाको टोलीले गाडी चालक सन्तोष घिमिरेलाई कारबाही गरेको हो।
चालक घिमिरेलाई प्रहरीले ५ सय रुपैयाँ जरिवाना दस्तुर तिराएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्