काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले ४६२ ग्राम बहुमूल्य पत्थर सहित एक जनालाई पक्राउ गरेको छ। नियमित चेकजाँचका क्रममा धादिंग बाट काठमाडौँ आउँदै गरेको बा ४ ख ५८४६ नम्बरको माईक्रोबस लाई चेक गर्दा २३ सय १० क्यारेट रुबी सहित १ व्यक्ति लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–४ का २१ वर्षीय सूर्य तामाङ रहेका छन्। असली रुबीको बजार मूल्य प्रतिक्यारेट १ सय अमेरिकी डलरदेखि १ हजार अमेरिकी डलरसम्म रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्