काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की, काठमाडौँका सीडीओसहितका उच्च सुरक्षा अधिकारीहरूसँग लामो छलफल गरेका छन् । साँझ ६ बजेदेखि सुरु भएको छलफल राति करिब ११ बजेसम्म चलेको थियो ।
छलफलपछि राति करिब ११ बजे गृह मन्त्रालयबाट बाहिरिँदा उनले बैठकको बारेमा केही बताएनन् । पत्रकारले बैठकमा ‘के भयो’ भनी सोधेको प्रश्न छल्दै गुरूङले भने, ‘कति दुख पाउनुभएको तपाईँहरूले, खाना त खानुभयो नि ?’ ‘अब हाइप्रोफाइलको फाइल फेरि खुल्ने हो ’भन्ने प्रश्नमा उनी खुलेनन् । ‘बिस्तारै थाहा हुन्छ’ भन्दै पन्छिए ।
मन्त्रालयमा उनले नेपाल प्रहरीका आईजीपी र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखसँग छलफल गरेका थिए । उनलाई भेट्नका लागि रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी पनि सिंहदबार पुगेका थिए । मन्त्री छलफलका व्यवस्त रहेपछि भेट हुन भने नसकेको उनले बताए ।
‘गृहमन्त्रीज्यू आईजी, काठमाडौँको सीडीओसापहरूसँग छलफल हुनुहुँदो रहेछ । मैले उहाँलाई भेटेको छैन,’ बुर्लाकोटीले भने, ‘गृहमन्त्रालय भनेको चुप लागेर बस्न पाउने मन्त्रालय होइन । त्यो कारणले मन्त्रीज्यूले आफ्नो तरिकारले काम गर्दै हुनुहुन्छ । गृहसचिवज्य पनि यहीँ बाटैमा भेट हुनुभयो । उहाँ मन्त्रीज्यूकोमा जाँदै हुनुहुँदो रहेछ । गृहमन्त्री छलफलमा हुनुहुँदो रहेछ मैले उहाँलाई डिस्टब गरिनँ’ उनले भने ।


























आफ्नो प्रतिकृया दिनुहोस्