काठमाडौं । पाटनको कृष्णमन्दिरअगाडि भएको चक्कु प्रहारबाट सहोदर दाजुभाईको मृत्यु भएको छ ।
चक्कु प्रहारबाट झापा घर भई हाल इमाडोल बस्दै आएका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
चक्कु प्रहारपछि गम्भीर घाइते भएका नेम्बाङ दाजुभाईको बीएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
घटनाका मुख्य आरोपित सन्जीब नेपालीसहित अर्का एक जना पक्राउ परेको पनि प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गरेर भाग्दै गरेका नेपालीलाई एक महिला प्रहरीले चक्कुसहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।


























आफ्नो प्रतिकृया दिनुहोस्