काठमाडौं । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास स्थित क्षेत्रीय कार्यालयको टोलीले उनलाई आज बिहान लालगढबाट ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ।
अख्तियारका अनुसार, कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो र ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा उनलाई निगरानी गर्दै पक्राउ गरिएको हो।
अख्तियारले उनीमाथि थप अनुसन्धान जारी राखेको जनाएको छ।
























आफ्नो प्रतिकृया दिनुहोस्