खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । एक मृतकको शव लिएर गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।
खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरिन् । दुर्घटनामा कसैको पनि हताहती नभएको उनको भनाइ छ । केपिलासगढी गाउँपालिका-२ का वडाअध्यक्ष मिलन राईले दुर्घटनामा एकजना घाइते भएको जनाइएको छ । एयर डायनेस्टीको उक्त हेलिकोप्टर सोही स्थानका स्थानीयको एक शव लिएर गएको जनाइएको छ ।
उनले भने, ‘एकजना घाइते भएको भन्ने आएको छ । म केही समयमा घटनास्थल पुग्छु ।’
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।



























आफ्नो प्रतिकृया दिनुहोस्