कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरको हाताभित्र गएराति एकजना प्रहरी जवान मृत भेटिएका छन्। सोही कार्यालयमा कार्यरत प्रहरी जवान ३० वर्षका सन्देशबहादुर चनारा मृत भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार मृतक प्रहरी जवान कार्यालयको छतबाट खसेको भनिएको छ।
राति ११ बजे मृतक प्रहरी जवानलाई अर्को सुरक्षाकर्मीले लडेको अवस्थामा भेटेका थिए। उनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए।
प्रहरी जवान मृत्युको बारेमा छानबिन गर्न प्रहरी नायब उपरिक्षक तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति बनाइएको छ।
संयोजक तिमिल्सिनाले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। बझाङ्ग घर भएका मृतक प्रहरी जवान विगत ६ महिनादेखि कार्यरत थिए। आफन्तले उनको मृत्यु शंकास्पद भनेका छन्।























आफ्नो प्रतिकृया दिनुहोस्