काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी भएका छन् । उनले ८ हजार ४९२ मतान्तरले जित हासिल गरेका हुन् ।
अन्तिम मतपरिणामअनुसार साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत पाएकी छन्। साम्पाङ धरान उपमहानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यको उम्मेदवारीमा उत्रिएका थिए ।
सुनसरी–१ मा नेकपा (एमाले)का उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत पाएका छन् ।
साम्पाङले जेन्जी आन्दोलनपछि आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी दर्ता गराएका थिए। दर्ता भएको केही महिनामै पार्टीले प्रत्यक्षतर्फ दुई सिट जितेको छ। सो पार्टीका महासचिव आरेन राई खोटाङबाट विजयी भएका छन्।





























आफ्नो प्रतिकृया दिनुहोस्