काठमाडौं । प्रत्यक्षतर्फको मतगणना उत्तरार्धतर्फ लाग्दै गर्दा निर्वाचन आयोगले समानुपातिकतर्फ मतगणना पनि तीव्र पारेको छ।
आयोगको तथ्यांकअनुसार अहिलेसम्म ३२ लाख ९३ हजार ९४५मत गणना भएको छ। यसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मात्रै १६ लाख ४१ हजार १५३ मत प्राप्त गरेको छ।
यस्तै नेपाली कांग्रेसले ५ लाख ५५ हजार ९०० मत ल्याएको छ। नेकपा एमालेले ४लाख ६४ हजार ३४१मत पाएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २ लाख २५ हजार ७८१मत पाएको छ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ लाख १९ लाख ७६७मत ल्याउँदा श्रम संस्कृति पार्टीले ६८ हजार ८४६ल्याएको छ।
यस्तै राष्ट्रिय परिवर्तन पार्टीले ४० हजार २४६ मत पाउँदा जनता समाजवादी पार्टी, नेपालले ३३ हजार २७०मत पाएको छ।




























आफ्नो प्रतिकृया दिनुहोस्