काठमाडौं । मतगणनाको क्रम जारी छ । यो समाचार तयार पार्दासम्म २८ स्थानामा टुंगो लागिसकेको छ ।
तीमध्ये रास्वपाले २० स्थानमा जित हात पारिसकेको छ भने ९८ स्थानमा अगाडि रहेको छ । त्यस्तै नेपाली कांग्रेसले ५ स्थानमा जित हात पार्दा ९ स्थानमा अग्रता कायम गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीले २ स्थानमा जित हात पारेको छ । त्यस्तै नेकपा एमालेले १ स्थानमा जित हात पारेको छ ।
गणनाअनुसार नेपाली कम्युनिस्ट पार्टी १० स्थानमा अगाडि रहँदा नेकपा एमाले १३ स्थानमा अगाडी रहेको छ ।
प्राप्त मतपरिणामअनुसार रास्वपाका रुबिना आचार्य, मनिष झा, सन्तोष राजवंशी, बिना गुरुङ, प्रदीप विष्ट, सुरेशकुमार चौधरी, उत्तम प्रसाद पौडेल, सस्मित पोखरेल, खगेन्द्र सुनार, कन्हैया बनिया, गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, डीपी अर्याल, राजुनाथ पाण्डे, धनञ्जय रेग्मी, पुकार बम, गणेश पराजुली, शिशिर खनाल र रञ्जु दर्शनाले जित हात पारेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका योगेश थकाली थौचन, टेकबहादुर गुरुङ, मोहन आचार्य, बासना थापा र सन्तोष सुब्बाले जित हात पारेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र महेन्द्रबहादुर शाहीले जित हात पारेका छन् । त्यस्तै नेकपा एमालेका मोहम्मद इस्तियाक राई विजयी बनेका छन् ।



























आफ्नो प्रतिकृया दिनुहोस्