काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ गते राज्यबाट गल्ती भएको स्वीकारेका छन् ।
कांग्रेसको चुनावी प्रतिज्ञामा सवाल–जवाफ कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा राज्यबाट गल्ती भएको स्वीकार गर्दै कांग्रेसले माफी माग्ने बताएका हुन् ।
उनले कांग्रेसले यी दुवै प्रवृत्तिलाई अस्वीकार गर्ने बताए। भदौ २३ गतेको घटना हुँदा कांग्रेस पनि सरकारमा रहेकाले गल्ती स्वीकारेर देशभर माफी माग्ने बताए।
कार्यक्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनको आभांश लिन खोजेको पनि टिप्पणी गरे ।
उनले रास्वपालाई लक्षित गर्दै भने–‘भदौ २३ र २४ गते जे घटना भए ती आवश्यक थिएन, सडकमा जब नौजवानहरू आए त्यो आवश्यक थिएन, सब ठिकठाक थियो भन्दै यसलाई अस्वीकार गर्ने पक्ष देख्छु । सडकमा नौजवानहरू आए आफ्नो आक्रोश व्यक्त गरे, यही बेलामा आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्ने बेला यही हो भनेर लाभ लिन खोजिरहेका छन्।’
कार्यक्रममा उनले प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्ने बताए । उनले अब कांग्रेसले संवैधानिक आयोग, विश्व विद्यालयलगायतमा दलीय भागबन्डा नखोज्ने बताए ।
५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प गर्दै उनले २०४८ सालपछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने प्रस्ताव अघि सारे ।
संघ सरकारमा १६, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोक्ने थापाले बताए । गठबन्धन मिलाउनुपर्यो भन्दै मन्त्रालय बढाउन नपाइने बताए ।




























आफ्नो प्रतिकृया दिनुहोस्