काठमाडौं । भोजपुरमा निर्वाचनका लागि खटिएको नेपाली सेनाको टोली सबार बस दुर्घटना भएको छ । बुधबार भोजपुरको भोजपुर नगरपालिका ३ सेतीबगरमा बस दुर्घटना भएको हो ।
दुर्घटनामा सेनाका २४ जना घाइते भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोजपुर नगरपालिकाबाट टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भीर घाइते ८ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
बसमा चालक र सहचालकसहित २६ जना सवार थिए ।



























आफ्नो प्रतिकृया दिनुहोस्