काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत बिहीबारको खेलमा इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह बनेका छन् ।
नेपाली ब्याटरहरु चल्न नसक्दा इटलीले जितका लागि १२४ रनको सामान्य लक्ष्य दिएको छ । भारतको वानखेडे रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १२३ रन बनाएको हो ।
इटलीका क्रिशन कालुगामेजले सर्वाधिक तीन विकेट लिए । बेन मानेन्टीले दुई विकेट लिँदा अली हसन र जेजे स्मट्सले समान १–१ विकेट लिए ।
नेपालबाट सर्वाधिक रन बनाउने आरिफ शेख हुन् । उनले २४ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडे । ओपनर कुशल भुर्तेल आजको खेलमा चल्न सेकनन् । १० बल खर्चेर उनले ५ रन जोडे ।
उनी दोस्रो ओभरको अन्तिम बलमा आउट भएका थिए । दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ६ ओभरको अन्तिम बलमा आउट भए । रोहितले १४ बलमा २३ रन जोड्न २ छक्का प्रहार गरे ।

























आफ्नो प्रतिकृया दिनुहोस्