काठमाडौं । मंगलबार नेप्से १०.२५ अंकले घटेको छ। योसँगै नेप्से २‚६६२.१४ अंकमा अडिएको छ। नेप्से सोमबार २६.०५ अंकले घटेको थियो।
नेप्सेमा मंगलबार ३२४ कम्पनीको ८९ हजार ८३४ पटकको कारोबारमा दुई करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच भए। जसमा मंगलबार आठ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ रुपैयाँबराबरको कारोबार भयो।
नेप्सेमा सोमबार १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँ बराबरको कारोबार भएको थियो।
नेप्सेमा मंगलबार १३ समूहको कारोबार भएकामा दुई समूहको सूचक मात्र बढे। बाँकी ११ समूहका सूचक राताम्मे बने।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.०९‚ विकास बैंक १.१५‚ फाइनान्स ०.९१‚ होटेल तथा पर्यटन ०.४८‚ जलविद्युत् ०.२५‚ लगानी ०.५४ प्रतिशतले घट्यो।
यसैगरी जीवन बिमा ०.७६‚ उत्पादन तथा प्रशोधन समूह ०.६५‚ लघुवित्त समूह ०.४९ प्रतिशतले घटे। म्युचुअल फन्ड भने ०.१९ प्रतिशतले बढ्यो भने निर्जीवन बिमा समूह ०.६१ र अन्य समूह ०.३५ प्रतिशते घट्यो। यसैगरी व्यापार समूह ०.५२ प्रतिशतले उकालो लाग्यो
दिनभर उतारचढाव भइरहेको नेप्सेमा मंगलबार सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले ६.३६ प्रतिशतले कमाए। कालिञ्चोकको अन्तिम कारोबार मूल्य ९९५ रुपैयाँ कायम रह्यो।
यस्तै सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ५.२४ प्रतिशतले सेयरमूल्य गुमाए। यसको अन्तिम सेयरमूल्य १‚६१० रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै कारोबार हुनेमा अरुणभ्याली हाइड्रोपावर कम्पनी लिमिटेड रह्यो। मंगलबार यसको ४५ करोड २८ लाख ४२ हजार ४९२ रुपैयाँको कारोबार भएको छ। अरुणभ्यालीको अन्तिम सेयर मूल्य प्रतिकित्ता २९४ रुपैयाँ कायम रह्यो।


























आफ्नो प्रतिकृया दिनुहोस्