काठमाडाैं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
आज बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ०३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्याइएका पाँच जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।
दुर्घटनास्थबाट उद्धार गरिएका १३ जनामध्ये गम्भीर घाइते भएका ५ जनाको मृत्यु भएको प्रजिअ थापाले बताए । उद्धार गरेकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ । ७ जनाको खुर्कोट र एक जनाको मन्थलीमा उपचार भइरहेको छ ।
सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । सडकबाट खसेको बस नदीमा डुबेको छ । अन्य यात्रुहरुको सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको छ ।


























आफ्नो प्रतिकृया दिनुहोस्