काठमाडौं – काठमाडाैंको बौद्ध टुसालस्थित रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरको सुनको गहना चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका स्थित महांकालबाट चोरीमा संलग्न प्रेम थारु पक्राउ परेका हुन् ।
नेपालगञ्ज घर भएका थारुलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले बताए ।
























आफ्नो प्रतिकृया दिनुहोस्