काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १८ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १ हजार ५६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको ५ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो शुक्रबार चाँदीको मूल्य ७ हजार ६५ रुपैयाँ रहेको थियो ।




























आफ्नो प्रतिकृया दिनुहोस्