काठमाडौं । राजधानीको दरवारमार्गमा हाेटल उडल्याण्डमा सञ्चालित ब्ल्याक आउट डान्स क्लवमा आगलागी भएको छ ।
बिहान करिब साढे ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको छ ।
यतिबेला आगलागी नियन्त्रणका लागि काठमाडौँ बारुण यन्त्र कार्यालयका ४ वटा दमकल पुगेको छ ।
क्लबको किचेनबाट आगलागी सुरु भएको जनाइएको छ ।
यतिबेला सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतले आगलागी नियन्त्रणमा लिएका हुन् ।




























आफ्नो प्रतिकृया दिनुहोस्