काठमाडौं । पर्सा जिल्ला अदालतले रवि लामिछानेसँग १ करोड धरौटी मागेको छ ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा पर्सा जिल्ला अदालतले रास्वाप सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको हो ।
न्यायाधीश रुद्र सुवेदीको इजलासले थुनछेक बहसपछि मंगलबार उक्त धरौटी माग गरेको हो ।
लामिछाने मंगलबार जनकपुरबाट सिधै पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए ।
अदालतले बयानपछि थुनछेक आदेश गरेर धरौटी माग गरेको तहसिलदार देवराज भट्टराईले जानकारी दिए । उनले धरौटी बुझाए रिहा हुने नत्र पुर्पक्षका लागि थुनामा बस्नुपर्ने बताए ।



























आफ्नो प्रतिकृया दिनुहोस्