काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनको तालिका प्रकाशित भएको छ।
वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय समितिले आज राति ९ बजेदेखि १ बजेसम्म मतदान हुने गरी तालिका प्रकाशित गरेको हो।
मतदान प्रक्रिया भने आज दिउँसोदेखि सुरू हुने निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ।
जस अनुसार साढे १२ बजेसम्म प्रथम मतदाता नामावली प्रकाशन गर्ने र २ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
२ देखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने, साढे ४ बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने तालिका छ।
अन्तिम नामावली ८:४५ बजे प्रकाशन गर्ने र राति ९ बजेदेखि मतदान हुने तालिकामा उल्लेख छ।





























आफ्नो प्रतिकृया दिनुहोस्