काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन कांग्रेस बदल्न र बदलिएको कांग्रेसमार्फत देश बदल्नका लागि भएको बताएका छन् ।
सोमबार बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले पार्टीलाई सच्चिने, बदलिने र केही गर्न सक्ने बनाउने सन्देश दिनुपर्नेमा जोड दिए ।
थापाले पेस गरेको प्रस्तावमा इतिहासमा कांग्रेसले युगान्तकारी जिम्मेवारी पूरा गरेको स्मरण गर्दै अब फेरि समयले प्रत्येक सदस्यबाट निष्ठा र उच्च नैतिक आदर्श खोजेको उल्लेख छ । उनले यो विशेष महाधिवेशनले कांग्रेसलाई केवल राजनीतिक दलमा मात्र सीमित नराखी लोकतन्त्रप्रति निष्ठावान् र जनताप्रति उत्तरदायी शक्तिका रूपमा पुनः स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी बोकेको दाबी गरे ।








































आफ्नो प्रतिकृया दिनुहोस्