काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्य भेला गर्दै छ । बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेस बानेश्वरमा डाकिएको भेलामा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ ।
भेलाको संयोजकमा केन्द्रीय सदस्य किरण पौडेल छन् । भेलाका लागि संस्थापन पक्षले बिहीबार केन्द्रीय सदस्यलाई सूचना पठाएको थियो ।
‘नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि पुस २५ गते शुक्रबार दिउँसो १० बजे आनन्दभूमि पार्टी प्यालेसमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु,’ पौडेलले केन्द्रीय सदस्यहरूलाई पठाएको सूचनामा भनिएको छ ।
भेलामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।




























आफ्नो प्रतिकृया दिनुहोस्