काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कर्तव्य पालनाको शिलशिलामा जघन्य अपराधको सफल अनुसन्धान गर्ने ७ प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ ।
दुईदिनको अन्तरमा सिन्धुलीका केशवराज हायु र पारुहाङ राईको हत्याको घटनालाई सुल्झाएको भन्दै कार्यालयले डिएसपीद्वय वेद पौडेल र पञ्चलाल गोलेका साथै इन्स्पेक्टर शिव थापा, दुई जना सई, एक जना असई र एक जना हवल्दार गरी सात जनालाई पुरस्कृत गरेको छ ।
घटनामा सिन्धुलीका देवराज ढुंगेल र जयराज अधिकारी पक्राउ परेका छन् ।




























आफ्नो प्रतिकृया दिनुहोस्