काठमाडौं । यात्रुलाई अनावश्यक रूपमा हैरानी दिएको आरोपमा काठमाडौं प्रहरीले ७१ बिचौलियालाई पक्राउ गरेको छ।
काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ परेका बिचौलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार २४ मंसिरदेखि अपरेसन सुरु गरेर ७१ जनालाई पक्राउ गरी कारबाही गरिएको छ।
उपत्यका प्रहरी कार्यालयले मातहतका युनिटहरूसँगको संयुक्त अपरेसन मार्फत बिचौलियाहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। प्रहरीले यातायात सेवा सुचारु राख्न र यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न यो कदम उठाएको जनाएको छ।



























आफ्नो प्रतिकृया दिनुहोस्