सप्तरी । सप्तरीमा ८ सय किलो गाँजासहित एक जना पक्राउ एक जना पक्राउ परेका छन् ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ बाट करिब ८ सय २४ किलो ६ सय ग्राम गाँजासहित राजविराज नगरपालिका–११ बस्ने २९ वर्षीय रामकुमार यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले को.१ च ९६६५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा ३२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक राम कुमारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।





























आफ्नो प्रतिकृया दिनुहोस्