काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
एमाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएपछि ओलीले पहिलोपटक देउवासँग भेट गरेका हुन् ।
देउवालाई भेट्न ओली देउवाकै निवास महाराजगञ्ग पुगेका हुन् । ओलीको साथमा एमालेका महासचिव शंकर पोखरेल पनि रहेका थिए ।
उनीहरुबीच पछिल्लो राजनीतिक विकास क्रमका बारेमा छलफल भएको जनाइएको छ ।
जेनजी प्रदर्शनका क्रममा देउवामाथि भौतिक आक्रमण गर्नुका साथै देउवाको बुढानीलकण्ठस्थित निवास जलाइएपछि देउवाको परिवार महाराजगञ्ज बस्दै आएका छन् ।




























आफ्नो प्रतिकृया दिनुहोस्