काठमाडौं । नेपाल प्रहरीले मंसिरको एक महिनामा करिब १७ सय फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार फैसला कार्यान्वयन कार्यान्वयनका लागि प्रहरीले फरार रहेका प्रतिवादीहरु पक्राउ गरेको हो । प्रहरीका अनुसार सबैभन्दा धेरै मधेश प्रदेशबाट ४९१ जना पक्राउ परेका छन् भने त्यसपछि सुदूरपश्चिम प्रदेशबाट ४८६ जना पक्राउ परेका छन् ।
त्यस्तै लुम्बिनीबाट २३८ पक्राउ पर्दा कोशी प्रदेशबाट २१० जना पक्राउ परेका छन् ।
त्यस्तै बागमती प्रदेशबाट १०४ जना पक्राउ गरेको प्रहरीले उपत्यकाबाट ७३ र गण्डकी प्रदेशबाट ६९ जना पक्राउ गरेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशबाट जम्मा २५ जना पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ती व्यक्तिहरुबाट ६४१ वर्ष ६ महिना २४ दिन कैद भुक्तान बाँकी रहेको छ भने १२ करोड ३७ लाख २६ हजार ५ सय ४४ रुपैयाँ जरिवाना उठ्न बाँकी रहेको छ ।
सबै प्रदेशमा गरी प्रहरीले मंसिर महिनामा १६९६ जना पक्राउ गरेको हो ।




























आफ्नो प्रतिकृया दिनुहोस्