काठमाडौं । भक्तपुरमा तास खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–६ का ३९ वर्षीय पूर्णसिंह लामासहितका व्यक्तिहरू छन् ।
लामा सूर्यविनायक नगरपालिका–८ मा डेरा गरी बस्दै आएका थिए । लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शनिबार (पुस ५) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद २२ हजार २२५ रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





























आफ्नो प्रतिकृया दिनुहोस्