काठमाडौं । नेपाल प्रहरीका डिएसपीलाई सरुवाको धम्की दिएर २ वर्षअगाडि पक्राउ परेका जमल विश्वज्योती मलस्थित दरबार टप रोधी क्लबका सञ्चालक अशोक गिरी फेरि फरार भएका छन्।
अत्याधिक बिल उठाएर ग्राहकलाई नै कुटेको घटनामा उनीविरुद्ध जाहेरी दर्ता भएको छ । उनको दोहोरीमा त्रिचन्द्रका विद्यार्थी नेता आशिष गौतम कुटिएपछि उनीविरुद्ध जाहेरी परेका कारण अहिले उनी फरार भएका हुन् । जसमा संलग्न खगेन्द्र कौडीलाई दरबारमार्ग वृत्तले पक्राउ गरिसकेको छ ।
गिरी यसअघि पनि विभिन्न घटनामा पक्राउ परेर छुटेका थिए । उनको दोहोरी ठगीका कारण बदनाम छ।
वास्तविक भन्दा दोब्बर बिल उठाउने र पैसा नतिरे बाउन्सर लगाएर कुट्ने गरेका छन्। कतिपय प्रहरीसँग समेत सेटिङ रहेका उनी सोही आडमा ठगी धन्दा चलाउँदै आएका छन्। दुई वर्षअघि दरबारमार्ग वृत्तका तत्कालिन डिएसपी गोविन्द थापाले पनि उनलाई ठगी मुद्दामा थुनेका थिए। तर, उनको धन्दा रोकिएको छैन ।
गिरीले केही नेताहरुलाई समेत आफ्नो दोहोरीमा लैजाने र युवतीहरुसँग राख्ने गरेका छन्।
प्रहरीका केही हाकिमलाई पनि प्रभावमा पारेर उनले ठगी धन्दा चलाउँदै आएका छन्। उनले दोहोरीमा जाने ग्राहकहरुलाई प्रहरीका उच्च अधिकारीको नाम लिएर धम्की दिने गरेका छन् । अहिले मुद्दा दर्ता भएपछि पक्राउ नगराउन पनि उनले चलखेल थालेको स्रोत बताउँछ ।
उनलाई करिब २ वर्ष अघि पनि ६ हजारको बिललाई ६० हजार बनाएको आरोपमा उजुरी परेपछि दरबारमार्ग वृत्तले पक्राउ गरेको थियो ।
र… यो पनि…
डिएसपीलाई धम्की दिने दोहोरी सञ्चालक गिरि समूहबाट कुटिए विद्यार्थी नेता

























आफ्नो प्रतिकृया दिनुहोस्